कस्मोपोलिटन २९ कार्तिक | अमेरिकामा बस्ने १९ वर्षीया हेली आफू ९ महिनादेखि गर्भवती भएको दाबी गर्छिन् । हेलीको दाबी अनुसार उनले चाँडै नै एक विशेष बच्चालाई जन्म दिनेछिन् । उनी भन्छिन्, ‘मेरो गर्भमा जिसस क्राइस्टको बच्चा छ ।’ यद्यपी उनको दाबीलाई उनको आफ्नै परिवारले खण्डन गरिरहेका छन् तर हेलीले भने सबैको अगाडि यो वास्तविक भएको बताउँदै आएकी छिन् ।
अमेरिकाका चर्चिन टीभी सो ‘डा फिल’मा उनले आफ्नो बच्चाको व्यवहार आफने गर्भमा महसुस गर्ने बताएकी छिन् । उनले आफ्नो तौल २२ पाउण्ड बढेको समेत बताएकी छिन् । उनी भन्छिन्, ‘एक रात जब म सुतिरहेको थिएँ तब मेरो पेटमा कसैले लात्ती हान्यो । त्यतिबेला मैले आफ्नो पेट छुँदा आफ्नो नाइटो मुनी बच्चाको टाउको महसुस गरें । म चाँडै नै भगवानको बच्चालाई जन्म दिँदैछु ।’
हेलीको यो दाबीको कुनै चिकित्सा प्रमाण छैन । डाक्टर र अल्ट्रासाउण्ड रिपोर्ट अनुसार उनी गर्भवती छैनन् । यता उनकी आमा क्रिष्टीका अनुसार हेली झुट बोल्न निकै सिपालु छिन् । उनले पहिले पनि आफूले अमेरिकन आइडलमा भाग लिएको र एमिनेम आफ्नो बुवा भएको झुटो कुरा बोलेर मानिसहरुको ध्यान आकृष्ट गर्न चाहेको उनले बताइन् । उनका अनुसार ६ वटा परिक्षणले उनी उनी गर्भवती नभएको पुष्टि गर्छ ।
डाक्टरका अनुसार हेलीको पुक्क देखिएको पेट र उनलाई हुने पीडा उनको आन्द्रामा ग्याँस बनेकाले हो । उक्त कार्यक्रममा उपस्थित डाक्टरका अनुसार आन्द्रामा ग्याँस बनेकाले उनलाई पीडा हुन्छ र जब उनी हिँड्छिन् वा आराम गर्छिन्, उनले आफ्नो पेटभित्र हलचल भएको महसुस गर्छिन् ।
डाक्टरका सबै कुरा नकार्दै उनी आफू गर्भवती भएको र आफूले चाँडै नै जिसस क्राइस्टको बच्चालाई जन्म दिन लागेको दाबी गरेकी छिन् ।
No comments:
Post a Comment