Monday, November 14, 2016

डायबिटिजबिरुद्ध लड्ने खानेकुरा !

एजेन्सी  | आज विश्वभर डायबिटिज बिरुद्धको विश्व दिवस मनाइएको छ । दिवस मनाइरहँदा विश्वमा लाखौ मानिस डायबिटिजबाट पीडित भएको तथ्यांक सार्बजनिक भएको छ । मानिसको अकालमा मृत्युको कारकमध्ये डायबिटिज पनि एक हो । जीवन शैली र खानेकुरामा विशेष बिचार पुयाएमा यस रोगबाट बच्न सकिन्छ । डायबिटिजबाट बच्ने खानेकुराः

अम्बाः डायबिटिजका रोगीका लागि यो फलले अनौठो फाइदा गर्छ । डायबिटिजबिरुद्ध लड्न यो सबैभन्दा उपर्युक्त फल हो । युनिर्भसिटी अफ ताइवान आई को एक अध्ययन अनुसार अम्बाको बोक्रा ताछेर खाँदा मात्र पनि यसले हाम्रो रगतको ब्लडसुगर सोसिदिन्छ । भिटामिन सीयुक्त यस फलले डायबिटिजका कारण विग्रिएका कोषहरुलाई बचाउन समेत सहयोग गर्छ ।

आलसको गेडाः प्रोटिनयुक्त आलसको गेडागुडी पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा स्वस्थ फ्याट, फाईबर र म्याग्नेसियम हुन्छ । म्याग्नेसियमले हाम्रो शरिरको कोषलाई इन्सुलिन उपयोग गर्न र फयाट पगाल्न मद्दत गर्छ ।

बदामको बटः कार्बोहाईड्रेडयुक्त तथा फाईबरको मात्रा उच्च हुने बदामको बटर पोषिलो युक्त हुन्छ । यो खाएपछि मानिसले २ घन्टा वा सो भन्दा बढी अन्य खानेकुराप्रति आशक्ति देखाउँदैन ।

स्याउः भनिन्छ दिनुहँ एउटा स्याउ खाने मानिस चिकित्सककहाँ जानु पर्दैन । यसले शरिरलाई धेरै फाईदा गर्छ । स्याउमा फाईबर बढी र क्यालोरी न्यून हुन्छ । खाना खाने बेलामा खादा यसले भोक लाग्नबाट जोगाउछ र इन्सुलिन बढाउछ । यसले कोलेस्ट्रोल र ब्लडसुगरको मात्रा मात्रा घटाउँछ ।

अन्डाः धेरैले अन्डा र यसभित्रको पहेलो चिजलाई खान नहुने बताउँछन् । तर अन्डामा प्रशस्त एमिनो एसिड र पोषण हुने भएकोले डायबिटिजबाट जोगाउँछ । दैनिक दुई ओटा अन्डा खादा शरिरलाई फाइदा गर्छ । अन्डाले भोक पनि घटाउछ । युनिर्भसिटी अफ सिड्नीको एक अध्ययन अनुसार तीन महिना अन्डा खादा मानिसलाई तारन्तार भोक लाग्दैन । डायबिटिजका बिरामीमा मुटु रोगको जोखिम बढी हुने भएकोले अत्यधिक अन्डा खानु भने राम्रो होइन ।

माछाः डायबिटिजबाट बच्न वा डायबिटिजका रोगीले खानै पर्ने खानेकुरामध्ये माछा पनि एक हो ।  दैनिक माछा खादा मुटु रोगको जोखिम ४० प्रतिशतले घट्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । माछामा स्वस्थ्य फ्याट हुन्छ ।

ब्रोकाउलीः एन्टिअक्सिडियन्ट र भिटामिन सीयुक्त ब्रोकाउलीले डायविटिजबाट बचाउछ । ब्रोकाउलीमा प्रशस्त मात्रामा क्रोमियम पाइन्छ जसले शरिरको नशा र रक्तनलीमा ब्लड सुगर प्रबाह हुन रोकिदिन्छ ।

No comments:

Post a Comment