काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले)का प्रभावशाली नेता शंकर पोखरेलले अंगीकृत नागरिकताको विषय स्वयं मधेसी जनताले समेत नरुचाएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार बिहान ट्वीट गर्दै नेता पोखरेलले मधेसी जनताले नरुचाएको विषयलाई एमालेले साथ नदिएको खुलासा गर्नुभएको हो । ‘मधेसी जनताले समेत नरुचाएको अंगीकृतलाई पोस्ने संविधान संशोधन प्रस्तावमा एमालेले साथ दिदैन भन्ने बुझेरै अघि वढ्नु राम्रो हो’, नेता पोखरेलले ट्वीट गर्दै भन्नुभएको छ ।
अंगीकृत नागरिकलाई निश्चित समयसीमा तोकेर प्रमुख पदहरू खोल्नु पर्ने सहितको संविधान संशोधनको प्रस्तावमा एमालेको कुनै पनि साथ र सर्मन नरहेको अन्य दलहरूले पनि संकेत दिइसकेका छन् ।
सरकारले अंगीकृत नागरिहकहरूलाई पनि वंशज सरह अधिकार दिने गरी संशोधन प्रस्ताव अगाडि बढाउन खोजेपछि त्यसको विरोध भइरहेको छ ।
No comments:
Post a Comment