काठमाडौं, ३० कात्तिक ।कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले क्यान्सरको उपचार गराउन ५० लाख रुपैयाँ दिएपछि सर्वत्र यो विषयको आलोचना भएको छ । सामाजिक सञ्जालमा सरकारसँगै सुजाताको पनि विरोध भएको छ ।https://www.facebook.com/rajesh.hamal.5872682?fref=nf
नेपाली चलचित्रकर्मीहरूले पनि आ–आफ्नो धारणा सार्वजनिक गरेका छन् । यही क्रममा नायक राजेश हमालले पनि सुजातालाई ५० लाख रुपैयाँ दिने सरकारी निर्णयप्रति व्यंग्य गरेका छन् ।
मंगलबार बिहान आफ्नो फेसबुकमा राजेशले लेखेका छन्, ‘मैले यो सुनेको सही हो कि राज्यकोषबाट ५० लाख रुपैयाँ हाम्रा देशका सबै स्तन क्यान्सर रोगीलाई दिन लागिएको हो ? गज्जब ! यस्तै नयाँ खबर शिक्षा र रोजगारीको क्षेत्रमा पनि सुन्न पाइयोस् ।’राजेश हमालले सुजाता कोइरालाको नामै उल्लेख नगरी कूटनीतिक रूपमा सरकारको निर्णयप्रति कडा प्रहार गरेका छन् ।
No comments:
Post a Comment