काठमाडौं २९ कात्तिक | क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको सोमबार निधन भएको हो । एक वर्षयता उनी क्यान्सरबाट ग्रस्त थिए ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईका स्वकीय सचिव तथा पाण्डेका छोरा विश्वद्वीप पाण्डेले पाण्डेको निधन भएको पुष्टि गरेका छन् ।
६२ वर्षे पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।
माओवादी समूहभित्र चाचा उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए ।
पाण्डे सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए ।
८ कक्षा पढ्दा अनेरास्ववियूको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति शुरु गरेका थिए ।
पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे । नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग उनले एकता गरे। उनी जनयुद्धको दौरानमा पार्टीभित्र चर्को अन्तरविरोध हुंदा पनि प्रचण्ड–बाबुराम दुवैले अत्यन्तै विश्वास गर्ने थोरै मध्येको एउटा पात्र थिए । पार्टीभित्र उनको छवि सधै इमान्दार, निडर र क्रान्तिकारी योद्धाको रुपमा रहेको थियो ।
पाण्डेको संक्षिप्त जीवन :
भक्तिप्रसाद पाण्डे (‘चाचा’/ ‘महेश’)
जन्म : २०११ पुष ५ अर्घातोष– ५ अर्घाखाँची
बुबाआमा : प्रजापति प्रसाद पाण्डे र योगमाया पाण्डे
भाईबहिनी : पाँच भाई (१. खिमनारायण पाण्डे २. कृष्णप्रसाद पाण्डे ३. टंकप्रसाद पाण्डे ४. दिनेश पाण्डे ५. विष्णुप्रसाद पाण्डे) दुईजना दिदीबहिनी : १. विजुली भण्डारी २. लक्ष्मी पाण्डे)
छोरा/बुहारी : विश्वदीप पाण्डे, कृति खतिवडा
छोरी : १. सोनम पाण्डे २. सुजाता पाण्डे
श्रीमति : सावित्रा पाण्डे
शिक्षा : एसएलसी (२०२७ साल)
राजनीतिक यात्रा
८ कक्षा पढ्दादेखि अनेरास्ववियूको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य । त्यसैबेला पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको गण्डक व्यूरोमा संलग्न ।
२०२७ सालमा नेकपा (पुष्पलाल समूह) को सदस्यता प्राप्त ।
२०२९ को हर्रेबर्रे एक्सनपूर्व गठन गरिएको सैनिक दस्ताको कमाण्डर ।
हर्रेबर्रे एक्सनपछि २०३६ सम्म भूमिगत, भूमिगत हुने क्रममा भारतका उत्तरपूर्वी राज्यमा शिक्षण र मजदुरीमा संलग्न ।
२०३७ मा तत्कालीन नेकपा (माले) मा संलग्न ।
नेकपा (माले) संसोधनवादी बाटोतिर लागेको ठहरसहित २०४० मा मोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) मा प्रवेश । र पार्टी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन यातायात मजदुर संघको अध्यक्ष ।
२०४९ को स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चा (नेकपा मसाल सम्बद्ध) को तर्फबाट बुटवल नगरपालिकाको मेयरको उम्मेदवार ।
२०५४ मा नेकपा (मसाल) को माओवादी जनयुद्ध विरोधी नीतिप्रति असहमति जनाउँदै पार्टीबाट विद्रोह गरी दीनानाथ शर्माको नेतृत्वमा गठन गरिएको विद्रँेही नेकपा (मसाल) मा समाहित र शर्माकै नेतृत्वमा नेकपा (माओवादी) सँग वार्ता गर्न गठन गरिएको वार्ता टोलीको सदस्य ।
२०५६ मा नेकपा (माओवादी) र विद्रोही नेकपा (मसाल) बीचको एकतापछि नेकपा (माओवादी) को क्षेत्रीय व्यूरो सदस्यका साथै पार्टीको आपूर्ति विभागको सदस्यको जिम्मेवारी ।
२०६० मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य र आपूर्ति विभागको इञ्चार्ज ।
आपूर्ति विभागको सदस्य र सदस्यका रुपमा जनयुद्धकालमा पार्टी र जनमुक्ति सेनाका लागि आवस्यक पर्ने स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री आपूर्तिमा महत्वपूर्ण जिम्मेवारी ।
२०६४ को संविधान सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं ४ बाट प्रतिस्पर्धा र झिनो मतले पराजित ।
२०७० मा संविधान सभामा एनकेपा (माओवादी) को तर्फबाट समानुपातिक क्षेत्रबाट निर्वाचित ।
हाल व्यवस्थापिका संसदमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सदस्य ।
पुस्तक : आत्मकथा (प्रकाशोन्मुख)

No comments:
Post a Comment